Logo of DDF Siraha

जातीय विभेद र छुवाछूतप्रति जनप्रतिनिधि र राज्यसंयन्त्रकै बेवास्ता भएको सरोकारवालाको गुनासो

Category:
Date: August 25, 2026

मुलुकमा धर्मका नाममा हुँदै आएको राजनीतिका कारण पनि जातीय विभेद तथा छुवाछूत हट्न नसकेको ठम्याइ ।

जेष्ठ २१, २०८३

विनय आजाद

Stakeholders complain of neglect by public representatives and state machinery towards caste discrimination and untouchability

Read In English

सिरहा — दलित विकास मञ्च गोलबजार सिरहाद्धारा आयोजित कार्यक्रममा जनप्रतिनिधि र राज्य संयन्त्रकै बेवास्ताका कारण समाजमा व्याप्त जातीय विभेद र छुवाछूत अन्त्य हुन नसकेको सरोकारवालाले बताएका छन् । बिहीबार गोलबजारमा आयोजित मधेशी दलित समुदायले भोग्नुपरेका समस्या र त्यसको समाधानका लागि सरोकारवालाको भूमिकासम्बन्धी कार्यक्रमका अधिकांश वक्ताले यस्तो बताएका हुन् ।

दलित समुदायका मुद्दा लिएर चुनावका बेला मत माग्ने नेताहरू सत्तामा पुगेपछि दलितका मुद्दा बिर्सिने गरेको र राज्य संयन्त्र पनि यसप्रति गम्भीर नबन्दा जातीय विभेद र छुवाछूत कायमै रहेको वक्ताहरूको भनाइ थियो । 'दलितमाथि विभेद हुँदा न प्रहरी प्रशासनले गम्भीरतापूर्वक लिन्छ, न त जनप्रतिनिधिले नै चासो देखाउँछन्,' मधेश प्रदेशका पूर्वराज्यमन्त्रीसमेत रहेका जसपा नेपालका सचिव सुरेशकुमार मण्डलले भने, 'यो नै मूल समस्या हो ।'

मुलुकमा धर्मका नाममा हुँदै आएको राजनीतिका कारण पनि जातीय विभेद तथा छुवाछूत हट्न नसकेको सचिव मण्डलले बताए । धर्म र जातको नाममा गरिने राजनीतिक अभ्यासले सामाजिक विभाजनलाई बढावा दिएको उनको भनाइ थियो ।

यस्तै, मधेश प्रदेशसभा सदस्य संजिला यादवले समाजमा विद्यमान जातीय विभेद र छुवाछूतको अन्त्यका लागि सबै पक्ष जिम्मेवार र संवेदनशील हुनुपर्ने बताइन् । दलित समुदायले अझै पनि विभिन्न प्रकारका सामाजिक, आर्थिक तथा राजनीतिक विभेद भोगिरहेको बताउँदै उनले उनीहरूको अधिकार सुनिश्चित गर्न राज्य, राजनीतिक दल तथा नागरिक समाजले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइन् ।